एसियन र जेभियर उपाधिनजिक

एसियन र जेभियर इन्टरनेसनल कलेज दोश्रो नारायणप्रसाद श्रेष्ठ स्मृति क्वेस्ट अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बुधबार फाइनलमा प्रवेश गरेका छन् ।क्वेस्ट इन्टरनेसनल कलेजद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा एसियनले एसलाई ४१–३५ ले पराजित ग¥यो । एसियनका अनुप रावतले २२ अंक जोडे । तेश्रो क्वाटरको समाप्तिसम्म एसियन समग्रमा २४–३० ले पछि थियो । अन्तिम तथा चौथो क्वाटरमा एसियनले १७–५ को अग्रता बनाउदै फाइनलमा स्थान पक्का ग¥यो ।
दोश्रो सेमिफाइनलमा जेभियरले आयोजक क्वेस्टलाई ५१–३७ ले हरायो । जेभियरको जितमा कुन्खेन थिङ लामाले १८ योगदान गरे ।
जेभियर पहिलो क्वाटरमा १२–१३ को झीनो अन्तरले पछि परेपनि बाँकीमा अग्रता हासिल गर्न सफल रह्यो । जेभियरले दोश्रोमा १३–७, तेश्रोमा १६–९ र चौथोमा १०–८ को प्रदर्शन ग¥यो । फाइनल बिहीबार हुनेछ ।

Comment