राणा अस्वस्थ

एथलेटिक्सका पूर्व मुख्य प्रशिक्षक मधुकरशमशेर राणा मुटुको समस्याका अस्पताल भर्ना भएका छन् । ७ वर्षअघि मुटुमा स्टेनर राखेका राणाको ५० प्रतिशत भल्ब ब्लोक भएको र छातीमा पनि समस्या देखिएको बताइएको छ ।
एन्जियोग्राफी गर्दा ट्रान्सप्लान्ट गर्नु पर्ने भएको छ । उनको उपचारमा बरिष्ठ कोर्डियोलोजिस्ट रवि मल्ल संलग्न छन् । राणा ६ दिनअघि बाँसवारीस्थित गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचारका लागि भर्ना भएका थिए ।

Comment