रोमाञ्चक जित सहित पुलिस सेमिफाइनलमा

प्रतिस्पर्धात्मक र रोमाञ्चल खेलमा कञ्चनजंगा एफसीलाई ३–२ ले हराउदै नेपाल पुलिस क्लब धरानमा जारी १९ औ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । पुलिस क्लबले ४९ औ मिनेटमा अभिषेक रिजालको गोलमा अग्रता लीएको थियो । ५९ औ मिनेटमा रिजालले अर्को गोल गरेका थिए । कञ्चनजंगाका लागि ७२ औ मिनेटमा फ्रिकीकमा निवास रानाले गोल गरे भने ९० औ मिनेटमा करन थापाले पेनाल्टीमा गोल गरे । अन्त्यमा मन बहादुर परियारले पुलिसका लागि विजयी गोल गरे । ६७ औ मिनेटमा कप्तान अमिर लामाले दोश्रो पहेलो कार्ड स्वरुप रातो कार्ड पाए पछि कञ्चनजंगा १० खेलाडीमा सिमित भएको थियो । विजयी पुलिसले सेमिफाइनलमा धरान रातोसंग खेल्ने छ । बुधबार रुपन्देही र संकटाविच पहिलो सेमिफाइनल खेल हुने छ ।

Comment