आयोजकलाई दोस्रो अमन गुरुङ स्मृति सेभेन–ए–साइड फुटबलको उपाधि


पोखरा
pokhara seven a side finaडिफेण्डिङ च्याम्पियन पोखरा भ्याली स्पोर्टस् क्लब एले पोखरामा जारी दोस्रो अमन गुरुङ स्मृति सेभेन–ए–साइड फुटबल प्रतियोगिता–२०७१ को उपाधि हात पारेको छ।
पोखरा भ्याली स्पोर्टस् क्लब पोखरा–१०÷१५ रामबजारको आयोजना एवं इन्टेक ०६ ब्रिगेड अफ गोर्खाज, बेलायतको मुख्य प्रायोजनमा माछापोखरी खेलमैदान संगमटोलमा शनिबार भएको फाइनल खेलमा संगम एफसी बी लाई १–० ले पराजित गर्दै पोखराभ्याली स्पोर्टस् क्लब ए ले उपाधि हात पारेको हो। पोखरा भ्याली स्पोर्टस् क्लब ए को लागि खेलको २२ मिनेटमा विजय गुरुङले निर्णायक गोल गरेका थिए। सो खेलमा भ्याली ए का विक्रम लामा म्यान अफ दी म्याच घोषित भए। यसअघि सेमिफाइनलमा संगम एफसी ए लाई १–० ले पराजित गर्दै पोखरा भ्याली ए तथा एयरपोर्ट युथ क्लबलाई २–१ ले पराजित गर्दै संगम एफसी बी फाइनलमा प्रवेश गरेका थिए।
जीतसँगै पोखरा भ्यालीले नगद ८० हजार,शिल्ड मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता टीम संगमले नगद ४० हजारमा चित्त बुझायो। यस्तै पोखरा भ्याली ए कै सन्तोष गुरुङ बेस्टप्लयेर, सर्वाधिक चार गोल गरेका पोखरा भ्यालीकै विजय गुरुङ हाइस्कोरर तथा एयरपोर्ट युथ क्लबले फेयर प्ले अवार्ड प्राप्त गरे। उनीहरू सबैले जनही पाँच हजार, ट्रफी प्राप्त गरे।

Comment