मनीकला १९ औ स्थानमा


जापानको सापारोमा जारी आठौ एसियन विन्टर एसियन खेल अन्तरत मंगलबार भएको क्रसकन्ट्री अन्र्तगत १० किलोमिटर महिला रेसमा नेपालकी मनीकला राइले १९ औ स्थान हात पारिन् । स्पर्धामा २३ देशका खेलाडी सहभागि थिए । राईले २१ मिनेट ः ३९.२ सेकेण्डमा रेस पुरा गरिन् ।
रेस सापोरोको सिरान्तायमा ओपन रंगशालामा भएको थियो । मनीकलाले क्रसकन्ट्रीको १५ किलोमिटर मास रेसमा पनि सहभागीता जनाउने छिन् । सो रेस २६ फेब्रवरीमा हुनेछ । नेपालको सहभागिता रहेको अल्पाइन स्कीका स्पर्धा बुधबार शुरु हुनेछ ।

Comment