अनिल र महेश सेमिफाइनलमा

देवीनगरका अनिल थामसुहाङ र महेश थापाको जोडी सातौं बबिन स्मृति पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् । उक्त जोडीले आयोजक किङ कम स्पोर्ट्स क्लबका राजु रायमाझी र विकास राईको जोडीलाई २१–१४, १९–२१ र २१–९ को सेटमा पराजित गरे ।
त्यस्तै विशालनगरका रविन्द्र गुरुङ र राजिव लामाको जोडीले नेपाल आर्मी क्लबका सुवास श्रेष्ठ र भूमि गुरुङको जोडीलाई १४–२१, २१–१२ र २१–१८ को सेटमा हराउदै सेमिफाइनल यात्रा तय गरे ।

Comment