प्रथम काजीपोखरी खुल्ला पुरुष बास्केटबलको उद्घाटन खेलमा आयोजक टीम विजयी


पोखरा
basketball pokhara काजीपोखारी युथ क्लब पोखरा–१८ काजीपोखरीको आयोजनामा शनिबारदेखि प्रथम काजीपोखरी खुल्ला पुरुष बास्केटबल रनिङशिल्ड–२०७१ शुभारम्भ भएको छ। क्लबकै बास्कटेबल मैदानमा भएको उद्घाटन खेलमा काजीपोखरी युथ क्लब बी ले एनएमवाईभीलाई ३५–३१ ले पराजित ग¥यो।
दोस्रो खेलमा माउण्ट अन्नपूर्ण उमाविले काजीपोखरी युथ क्लब ए लाई ६८–६३ ले पराजित ग¥यो। तेस्रो खेलमा श्रृष्टि टोलले लिटिलस्टेप उमाविलाई ६१–२४ को फराकिलो अन्तरले हरायो। आइतबार आठवटा खेल हुने खेल संयोजक दीपक कुमार गुरुङले जानकारी दिए।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै पूर्व सभसद्, उद्योगपति एवं हिमश्री फूड्स प्रालिका कार्यकारी अध्यक्ष सूर्यबहादुर केसीले शारीरिकरूपमा आफूलाई चुस्तदुरुस्त राख्नको लागि खेलकुदको महŒवपूर्ण भूमिका हुने हुँदा क्लबले गर्न लागेको कामको प्रशंसा गरे।
कालिका बहुमुखी क्याम्पसका निवर्तमान प्रमुख बलवीरसिंह नेगीले स्थानीय निकायमा स्थानीयकै सहभागिता जरूरी भएकोले काजीपोखरीलाई दुव्र्यसनमुक्त क्षेत्र घोषणा गर्न क्लबलाई आग्रह गरे।
क्लबका अध्यक्ष जितेन्द्रजंग थापाले फुटबलबाट जन्मिएको क्लबले बास्केटबल प्रतियोगिता सुरु गरेको र आगामी दिनमा टेबुलटेनिस खेलतर्फ पनि हात हाल्ने जानकारी दिए। उनले क्लबलाई स्थानीयवासी सबैको सल्लाह र सहयोगको आवश्यक पर्ने बताए।
सो अवसरमा कालिका बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख बलवीरसिंह नेगी, वर्तमान क्याम्पस प्रमुख बालाकृष्ण शर्मा र प्रमुख अतिथि केसीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
क्लबका पूर्व सदस्य स्व. रजत गुरुङको सम्झनामा एकमिनेट मौनधारण गरिएको कार्यक्रममा क्लबका महिला सदस्यहरूले आकर्षक नृत्य प्रस्तुत गर्नुको साथै काजीपोखरी तेक्वान्दो डोजाङ, ज्योतिकुञ्ज तेक्वान्दो डोजाङ र शहीद स्मृति तेक्वान्दो आवासीय स्कुलका डोजाङ प्रमुख निशान कार्कीका प्रशिक्षार्थी खेलाडीले पेटमा राखेर ब्लकलाई घनले हानेर फोड्ने, जम्प गरेर ट्युबलाइट फोड्ने, जम्प गरेर घैटो फोड्नेजस्ता अद्भूत कला प्रदर्शन गरेका थिए।
क्लबका अध्यक्ष जितेन्द्रजंग थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गोविन्द घिमिरेले स्वागत मन्तव्य, सचिव एवं खेल संयोजक दीपक कुमार गुरुङले कार्यक्रममाथि प्रकाश पारेका थिए।कार्यक्रमको सञ्चालन अर्जुन परियारले गरेका थिए।
पुस १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २२ टीमको सहभागिता रहेको छ। क्लबका सदस्य रजत गुरुङको स्मृतिमा राखिएको सो प्रतियोगितामा विजेता टीमलाई नगद ३५ हजार, रनिङशिल्ड तथा उपविजेतालाई नगद २० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै बेस्ट प्लयेर र हाइस्कोररलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने छ। राष्ट्रिय खेलाडी समावेश नगरिने प्रतियोगिता सञ्चालन गर्न करिब चार लाख ५० हजार लाग्ने अनुमान गरिएको छ।

Comment