बेस्ट ग्रुपलाई उपाधि


बेस्ट ग्रुप भिजनले छैटौं फिजम कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।
पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा भएको फाइनलमा बेस्ट ग्रुपले अर्किड पुपिल सेकेन्डरी स्कुललाई २–० गोलले पराजित ग¥यो । विजेताका आयुश खड्गीले दुवै गोल गरे ।
फिजमद्वारा आयोजित प्रतियोगितामा अर्किडका दीपेन्द्र खत्री उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिताभर ४ गोल गरेका मोनास्टिकका अजित खनाल सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । गुरुकुल नेसनल एकेडेमीले अनुशासित टिमको उपाधि हात पा¥यो ।
विजेतालाई पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, केन्द्रीय प्याब्सनका सचिव सुवास न्यौपानेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । फागुन १ गतेदेखि सुरु नकआउट प्रतियोगितामा २४ टिमले प्रतिस्पर्धा गरेका थिए ।

Comment