साइपालद्वारा उपाधि रक्षा


साइपाल एकेडेमीले दोश्रो काष्ठमण्डप थ्री बाइ थ्री अन्तर ए लेभल बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ । मण्डिखाटारस्थित आयोजक काष्ठमण्डपको कोर्टमा भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन साइपालले काष्ठमण्डपको ‘ए’ टिमलाई १३–१२ को साँघुरो अन्तरले पराजित गर्दै उपाधि रक्षा ग¥यो ।
साइपालको जितमा मिलन बुढाले ८ र निश्चल गुरुङले ५ अंक योगदान गरे । काष्ठमण्डपका युनिश महर्जनले ७, श्रृजन डंगोलले ३ तथा सिउङ हुङ सियो र सेनाम नाम्गेल लामाले १–१ अंक जोडे । साइपालका निश्चल गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई नेपाल बास्केटबल संघका महासचिव एवं प्राविधिक निर्देशक नरेन्द्र थापा र काष्ठमण्डपकी प्रिन्सिपल डा. शिबा थापाले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । चारदिने प्रतियोगितामा आयोजकको २ सहित ८ टिमले लिग कम नकआगट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Comment