चौतारामा दुइ नम्बर क्षेत्रीय छनोट सम्पन्न


सिन्धुपालचोक जिल्लाको दुइ नम्बर क्षेत्रीय राष्ट्रपती रनिङ्ग शिल्ड छनोट प्रतियोगिता आइतबार चौतारामा सम्पन्न भयो । प्रजातन्त्रको अबसर पारेर शनीबार सुरु गरिएको प्रतियोगिताको सिल्धुपालचोक प्रमुख जिल्ला अधीकारी अन्तर बहादुर सिलवाल र एआइजी कृष्ण बहादुर शाहीले उद्घाटन गरे । प्रतियोगितामा राजेश्वरी स्कुल पहिलो तथा श्रीकृष्ण रत्नगंगा माबी दोश्रो भएका छन् ।
जिल्ला खेलकुद विकास समितीका अध्यक्ष शिब देउजाले दिएको जानकारी अनुसार ११ र १२ फागुनमा मेलम्ची तीन नम्बर क्षेत्रीय र १५ र १६ फागुनमा लामोसाघुामा एक नम्बर क्षेत्रीय खेल हुने छन् । तीनवटै क्षेत्रबाट छनोट भएका खेलाडीले २६ र २७ फागुनमा चौतारामा हुने जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाउने छन् ।

Comment