सहकारी कप चैतमा

६० अौ राष्ट्रिय सहकारी दिवसको उपलक्षमा ललितपुर जिल्ला बचत संघको अायोजाना र ताम्राकार समाजको सह अायोजनामा ललितपुरको ताम्राकार समाज भवन जावलाखेलमा यही चैत्र २० देखि २६ गतेसम्म पाँचौ  कामना सहकारी कप राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हने भएकोछ।
बिजेतालाई  यामाहा मोटरसाइकल  प्रदान गरिने प्रतियोगितामा कुल नगद पुरस्कार चार लाख ९९ हजार रहेकोछ।लिग कम नकअाउटको अाधारमा हुने प्रतियोगितामा दोस्रोले ६० हजार र तेस्रोले ३५ हजार र चौथोले ३० हजार हात पार्नेछन्।
त्यसैगरी स्वीस लिगमा हुने नवौं चरणको खेलमा प्रथमले २५ हजार दोस्रोले १५ हजार  तेस्रोले १९ हजार चौथोले ८ हजार र पाँचौले ७ हजार प्राप्त गर्नेछन् भने छैटौं देखि दशौसम्मले जनही छ हजार हात पार्नेछ । प्रतियोगिताका संयोजक राजु ताम्राकारले जनाए अनुसार महिलातर्फ बिजेताले १0 हजार दोस्रोले ८ हजार तेस्रोले ७ हजार चौथोले ७ हजार र पाँचौले छ हजार हासिल गर्नेछ भने छैटौं र सातौंलाई  ५/५ हजार
प्रदान गरिनेछ।त्यस्तै विभिन्न समुहतर्फ पनि नगद पुरस्कार राखिएको छ।

Comment