स्याङ्गजामा बुद्धिचाल हुने

स्याङ्गजा जिल्ला बुद्धिचाल संघको आयोजनामा यहि फागुन १३ गतेदेखि १६ गतेसम्म धनबहादुर प्रधानस्मृति खुल्ला फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता हुने भएको छ । स्याङ्गजामा फिडे रेटेड खेलाडीहरु उत्पादन गर्ने उदेश्यले आयोजना गर्न लागिएको प्रतियोगिताका स्वीस लिग ९ राउण्ड खेल पुतलीबजारस्थित लक्ष्मीस्मृति पुस्तकालयमा खेलाइने छ । यस प्रतियोगिताका उत्कृष्ट १८ खेलाडीहरुलाई कुल ८० हजार नगद पुरस्कार प्रदान गरिनेछ । जसमा विजेताले १५ हजार, दोश्राले १० हजार, तृतीयले ७ हजार, चौथौंले ५ हजार, पाँचौंले ४ हजार र छैटौंदेखि दशौंले जनही ३ हजार पाउने छन् । त्यस्तै पश्चिमान्चल उत्कृष्ठले ४ हजार, स्थानीय उत्कृष्ठ र अनरेटेड उत्कृष्ठले  ३ हजार पाँचसय, दोश्राले ३ हजार, उत्कृष्ठ भेट्रान, महिला, यु १६ र १७०० मुनी रेटिङ्ग उत्कृष्ठले जनही २ हजार पाँचसय नगद हात पार्नेछन्  ।
विश्व वुद्धिचाल संघ फिडे र नेपाल वुद्धिचाल संघको स्वीकृतिमा अन्र्तराष्ट्रिय मान्यताको रेटिङ्ग सहित रहने उक्त प्रतियोगितामा जिल्ला बाहिरबाट आउनुहुने खेलाडीहरुलाई निःशुल्क आवासको व्यवस्था गरिएको छ । चार दिने यस प्रतियोगितामा फिडेमास्टर, नेपाल च्याम्पियनहरु, ओलम्पियाड खेलाडीहरुसहित करिब ६० जना खेलाडीहरु सहभागी हुनेछन् भने प्रतियोगिता संचालनार्थ अनुमानित २ लाख ५० हजार खर्च लाग्ने कुरा टुर्नामेन्ट डाइरेक्टर मोहन सिं प्रधानले बताए ।
Comment