नेपाल सेमिफाइनलको नजीक

tennis sa gameकतारमा जारी एसियन जुनियर टेनिस प्रतियोगितामा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरेको छ । पहिलो खेलमा भारतसंग ३–० ले पराजित नेपालले त्यस पछिका दुइ खेलमा जित हात पार्दै सेमिफाइनल प्रबेशको सम्भावना बलीयो बनाएकोे छ । शुक्रबार बेलुका भएको खेलमा नेपालले साउदी अरेबीयालाई २–१ ले पराजित गर्यो । यस अघि नेपालले घरेलु टोली कतारलाई पनि यसै अन्तरले पराजित गरेको थियो ।
नेपाली टोलीको प्रदर्शन उत्कृष्ट भएको तथा कतारमा रहेका नेपालीहरु उपस्थितीले सबैको हौसला बढेकोे नेपाली टोलीका प्रशिक्षक सुर्य भुषण बज्राचार्यले जनाएका छन् । प्रतियोगितामा एसियाका उत्कृष्ट १० युवा टोली भित्र समाबीस्ट हुने अबसर पाएका कारण नेपालले प्रतियोगितामा सहभागिताको अबसर पाएको हो ।
नेपाली टोलीमा संरक्षक भुषण बज्राचार्य, सम्यक बज्राचार्य, रेन्जन लामा र प्रनब खनाल समाबेश छन् ।

Comment