मनमैजु तेक्वान्दो डोजाङ टिम च्याम्पियन

प्रथम काभ्रेस्थली मेयर कप तेक्वान्दो च्याम्पियनसिपमा मनमैजु तेक्वान्दो डोजाङ टिम च्याम्पियन भएको छ । काभ्रेस्थली तेक्वान्दो डोजाङद्धारा आयोजित च्याम्पियनसिपमा मैनमैजुले ६ स्वर्ण,दुई रजत र तीन कास्य पदक हात पार्दै टिम च्याम्पियनको उपाधि उचाल्यो । मनमैजुका लागि पुरुषको २० केजीमा प्रयास श्रेष्ठ,२४ केजीमुनि राजेश खत्रि,३६ केजीमुनि राजेश श्रेष्ठ,४० केजीमुनि सन्जय थिङ र ४४केजीमुनि सुमन श्रेष्ठले स्वर्ण जिते । महिलातर्फ ३६ केजीमुनि मनमैजुकी पुर्णिमा महर्जनले स्वर्ण दिलाइन् ।
काठमाडौंको काभ्रेस्थलीस्थीत बोधीचित्त प्रतिस्ठान नेपाल कोरियन संस्थामा आयोजित च्याम्पियनसिपमा टोखा तेक्वान्दो डोजाङ दोस्रो हुन सफल भयो । टोखा डोजाङले दुई स्वर्ण,तीन रजत र चार कास्य हात पार्दै दोस्रो हुन सफल भयो । टोखाका लागि पुरुषतर्फ २८ केजीमुनि नरेश तामाङ र ४८ केजीमुनि जिवन पुनले स्वर्ण दिलाएका थिए । बालाजु तेक्वान्दो डोजाङ तेस्रो हुन सफल भयो । बालाजुले दुई स्वर्ण र दुई कास्य हात पारेको आयोजक कमिटीका संयोजक विक्रम खड्गीले बताए ।
बालाजु डोजाङका पुरुषको ३२ केजीमुनि रवि तामाङ र महिलातर्फ ४० केजीमुनि सारदा प्याकुरेलले स्वर्ण जिते । एकदिन प्रतियोगिताका विजेता खेलाडीलाई प्रमुख अतिथी सांसद भिमसेन दास प्रधान र विशेष अतिथी तार्केश्वर नगरपालिकाका कार्यकारी प्रमुख अग्नि प्रसाद अर्याल र आयोजक काभ्रेस्थलीका डोजाङ प्रमुख विक्रम खड्गी बताए । प्रतियोगिताका कुल १६ टिमको सहभागीता रहेको थियो ।

Comment