क्वेस्ट क्वाटरफाइनलमा


आयोजक क्वेस्ट इन्टरनेसनल कलेज दोश्रो नारायणप्रसाद श्रेष्ठ स्मृति क्वेस्ट अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । क्वेस्टले सीबीएमलाई ५५–४६ ले पराजित ग¥यो । क्वेस्टका प्रजुन पोखरेलले २१ अंक जोडे ।
ब्वाइजमै सेन्ट जेभियर र एसियन पनि क्वाटरफाइनलमा पुग्न सफल भए । सेन्ट जेभियरले एपेक्सलाई ३९–३७ ले हरायो । विजेताका मुकेशले १८ अंक जोडे । मनीष शाक्यको १२ अंक सहयोगमा एसियनले एक्सेलमाथि ४७–२३ को सहज जित दर्ता ग¥यो । ब्वाइजकै अर्को लिग खेलमा जेभियर इन्टरनेसनल कलेजले नेसफिल्डलाई ३४–२५ ले निराश पा¥यो । जेभियरकी कुन्केनले ११ स्कोर गरे ।
गल्र्सतर्फ क्वेस्ट विरुद्धको खेलमा सेन्ट जेभियर १७–१६ को साँघुरो अन्तरले विजयी भयो । विजेताकी मार्मिका उप्रेतीले ८ अंक जोडिन् ।

Comment