ज्ञान निकेतन र स्वप्न वाटिकालाई उपाधि


ज्ञान निकेतन र स्वप्न वाटिकाले प्रथम सौर्य कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । ज्ञान निकेतन ब्वाइज र स्वप्न वाटिका गल्र्सतर्फ च्याम्पियन बने । सिनामंगलस्थित आयोजक सौर्य इन्टरनेसनल सेकेन्डरी स्कुलको कोर्टमा भएको ब्वाइज फाइनलमा ज्ञान निकेतनले नेरिकलाई ५९–५३ ले पराजित ग¥यो । ज्ञान निकेतनको जितमा सम्राट भूमिले ३२ अंक योगदान गरे ।गोल्डेनपिकले नेपाल सेन्ट्रललाई ६७–२५ को फराकिलो अन्तरले हराउदै तेश्रो भयो । गोल्डेनपिकका विक्रम सिन्चुआरीले २२ अंक जोडे ।
पाँच टिम सहभागी गल्र्सको राउन्ड रोविन लिगमा स्वप्न वाटिकाले शत प्रतिशत जित निकाल्दै पहिलो भयो । अन्तिम दिन स्वप्न वाटिकाले युनिभर्सललाई ३०–१९ ले पाखा लगायो । विजेताकी विमल ऐडीले १४ स्कोर गरिन् । त्यसअघि स्वप्न वाटिकाले इनोभेटिभ, रिलायन्स पब्लिक र सौर्यलाई हराएको थियो ।रिलायन्स पब्लिक, युनिभर्सल र सौर्यलाई हराउदै तीन खेलमा जित हात पारेको इनोभेटिभ दोश्रो भयो । युनिभर्सलले तेश्रो स्थानमा चित्त बुझायो ।
ब्वाइजमा ज्ञान निकेतनका मनीष तामाङ र गल्र्समा स्वप्न वाटिकाकी सर्मिला कार्की ‘मोस्ट भेलुएबल प्लेयर’ घोािषत भए । ब्वाइजमा ज्ञान निकेतनका सम्राट भूमि तथा गल्र्समा स्वप्न वाटिकाकी विमला ऐडी सर्वाधिक स्कोरकर्ता बने । प्रतियोगताकै सर्वाधिक स्कोरकर्ता बनेका सम्राटले ७६ तथा विमलाले ५२ अंक जोडेका थिए । ब्वाइजमा रिलायन्स तथा गल्र्समा सौर्यले अनुशासित टिमको उपाधि हात पारे ।
विजेतालाई राष्ट्रिय बास्केटबल टोलीका कप्तान सदीश प्रधान, फिबा रेफ्री राजकुमार महर्जन, सौर्यका प्रिन्सिपल भीमहाङ लिम्बू, इनोभेटिभका प्रबन्ध निर्देशक अनन्त कुँवरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चारदिने प्रतियोगिताको ब्वाइजमा १२ तथा गल्र्समा ५ टिम सहभागी थिए ।

Comment