एसियन विन्टर गेम सुरु


आठौ एसियन विन्टर गेमको आइतबार जापानको सापोरो डोममा उद्घाटन भयो । जापानका युवराज एजइ नारोहीतोले उद्घाटन गरे । ओलम्पिक काउन्सील अफ एसियाका प्रमुख सेख अहदम तथा अन्तराष्ट्रिय ओलम्पिक कमिटीका अधीकारीहरुको उद्घाटन समारोहमा उपश्थिती थियो । दोश्रो युथ ओलम्पिक खेलमा सहभागिता जनाइसकेका सफलराम श्रेष्ठले नेपाली झण्डा बोकेका थिए । उद्घाटन समारोहमा एसियाका सहभागि ३२ तथा आमन्त्रित अस्ट्रेलिया र न्युजिल्यान्डका खेलाडी उपश्थित थिए ।
२१ फेब्रुअरीमा नेपालकी मनीकला राइले १० किलोमिटर क्रसकन्ट्रीमा प्रतिस्पर्धा गर्ने छिन् । २२ फेब्रुअरीमा सफलरामले तथा २३ फेब्रुअरीमा संगीता लामाले जीयाम सालोममा प्रतिस्पर्धा गने छन् । यसैगरी, २४ फेब्रुअरीमा सफलरामले तथा २५ फेब्रुअरीमा संगीताले सालोममा प्रतिस्पर्धा गर्ने छन् । २६ फेब्रुअरीमा मनीकलाले १५ किलोमिटर क्रसकन्ट्रीमा प्रतिस्पर्धा गर्ने छिन् । महात्सबबमा ३२ देशको सहभागिता छ । भने अस्ट्रेलिया र न्युजिल्यान्ड

Comment