एनएनआईपिए उत्कृष्ट बर्ष खेलाडी सम्मान हुने

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले एनएनआईपिए उत्कृष्ट बर्ष खेलाडी २०७२ सम्मान कार्यक्रम फागुन १७ गते आयोजना गर्ने भएको छ । विगत १० बर्ष देखि खेलाडीहरुको हौसला अभिबृद्धि तथा प्रेरणा प्रदान गर्ने उद्धेश्यले १० औं एनएनआईपिए उत्कृष्ट बर्ष खेलाडी २०७२ सम्मान कार्यक्रम विशेष कार्यक्रमकाविच कमलपोखरीस्थित रशियन कल्चर सेन्टरमा आयोजना गर्न लागिएको संघका महासचिव दीपक श्रेष्ठद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ ।
विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित आयोजना गरिने सम्मान कार्यक्रममा सम्मानित हुने विभिन्न खेलका व्यक्तित्वहरुमा भारोत्तोलनका विकाश थापा, फुटबलका नवयुग श्रेष्ठ, भलिबलकी सरस्वती चौधरी, तेक्वान्दोका वीर बहादुर महरा, कुस्तीका सरोज यादव, आर्चरीका प्रेम प्रसाद पुन, स्क्वासका अरहान्त सिंह, बक्सिङ्गकी सरस्वती राना, ब्याडमिन्टनकी नङ्गशल देवी तामाङ्ग, जुडोकी फुपुल्हामु खत्री, सुटिङ्गकी स्नेहा राज्यलक्ष्मी राणा, साईक्लिङ्गका अजय पण्डित, ट्राईयाथलनकी रोजा के.सी., कबड्डीका शान्ति मल्ल, लनटेनिसका अभिषेक बास्तोला रहेका छन् । यस्तै हक्कीकी कुश्मा रानामगर, खोखोकी अर्पणा कुमारी महतो, पौडीकी गौरिका सिंह, उसुकी नीमा घर्ती मगर, टेबल टेनिसका दीप साउन, ह्याण्डबलकी रञ्जना राई र एथलेटिक्सकी हरिकुमार रिमाल पनि सम्मानित हुने भएका छन् ।
खेलाडीहरुलाई ट्रफीका साथै नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको तर्फबाट नगद ५ हजार र मनोनित खेलका राष्ट्रिय संघको तर्फबाट नगद ५ हजार गरि नगद १० हजारले सम्मान गरिने बिज्ञप्तीमा जनाईएको छ ।
यस्तै आफ्नो अमुल्य जीवनलाई खेलमानै समर्पित गर्दै खेलाडी तथा खेलकुदमा आदर्श व्यक्तित्वको रुपमा परिचित एक सम्मानित व्यक्तित्वलाई २५ हजार नगद सहितको गजराज स्मृती आदर्श खेल व्यक्तित्व सम्मानबाट सम्मानित गरिेने महासचिव श्रेष्ठले जानकारी गराए ।

Comment