राजेन्द्र पहिलो

काठमाडौं खेल मण्डलले आफ्नो ८२ औं वार्षिक दिवसका उपलक्ष्यमा आयोजना गरेको तेश्रो गिरीधरलाल कप बिलियर्ड आन्तरिक प्रतियोगितामा राजेन्द्र शाक्य शनिबार पहिलो भएका छन् । राजु श्रेष्ठ दोश्रो तथा नवीन सुवाल र नरेन्द्रमान श्रेष्ठ तेश्रो भए ।वार्षिक उत्सवकै अवसरमा आयोजित प्रथम शारदाबहादुर मल्ल कप मैत्रीपूर्ण फुटबलमा एनआरटीले काठमाडौं खेल मण्डललाई ६–२ गोलले पराजित ग¥यो ।

Comment