मोहनको एकल अग्रता

मोहन गौचनले चौथो धनुषवाण प्रतियोगिताको पहिलो दिन शुक्रबार व्यक्तिगत स्पर्धामा एकल अग्रता बनाएका छन् । उनले सर्वाधिक ४ अंक जोडे ।
मनाङ मस्र्याङ्दी क्लबद्वारा आयोजित प्रतियोगितामा ३ अंक बटुलेका अर्जुन हिराचन दोश्रो स्थानमा छन् । समान २–२ अंकसाथ नोर्बु गुरुङ, जुलुप पुन, कुमार पाइजा, प्रताप छन्त्याल, तिलकमान पुन र गुप्ता शेरचन संयुक्त रुपमा तेश्रोमा छन् ।

प्रतियोगताको आयोजक क्लबका अध्यक्ष जिमी गुरुङले उद्घाटन गरे । गोंगबुमा भइरहेको प्रतियोगितामा व्यक्तिगत र टिम स्पर्धामा प्रतिस्पर्धा हुनेछ । १४ टिमका ९८ खेलाडी सहभागी छन् ।
dhanus banटिममा पहिलो हुनेले ५० हजार, दोश्रोले ३० हजार र तेश्रोले २० हजार नगद पुरस्कार हात पार्नेछन् । उत्कृष्ट खेलाडी र सार्प सुटरलाई ५–५ हजार नगदबाट पुरस्कृत गरिनेछ । प्रतियोगताको अन्तिम दिन मंगलबार टिम स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

Comment