लिभरपुलको दोश्रो जित


लिभरपुल इन्टरनेसनल कलेजले दोश्रो नारायणप्रसाद श्रेष्ठ स्मृति क्वेस्ट अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शनिबार लगातार दोश्रो जित हात पारेको छ । लिभरपुलले एसियनलाई ४८–४० ले पराजित ग¥यो । जितमा सुमंग बोगटीले २० अंक योगदान गरे ।
ग्वार्कोस्थित आयोजक क्वेस्ट इन्टरनेसनल कलेजद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमै आईएसटी, सीबीएम, सेन्ट जेभियर्स र एपेक्सले जित हात पारे ।
आईएसटीले रिजलाई ४४–३३ ले हरायो । आईएसटीका विनितले १४ अंक बटुले । सीबीएमले ब्लु बर्डको चुनौती ३८–२५ ले पन्छायो । सीबीएमका निश्चल कार्कीले १६ स्कोर गरे । मुकेश र सनितको समान १५–१५ अंक सहयोगमा सेन्ट जेभियरले जेभियर इन्टरनेसनललाई ३९–२८ ले निराश पा¥यो । नेसफिल्ड विरुद्धको खेलमा एपेक्स ३१–२० ले विजयी भयो । एपेक्सका दीपेन्द्र राउतले ११ स्कोर गरे ।

Comment