काष्ठमण्डप र साइपाल उपाधिनजिक


आयोजक काष्ठमण्डप विद्यालयको ‘ए’ टिम र साइपाल एकेडेमी दोश्रो काष्ठमण्डप कप थ्री बाइ थ्री अन्तर ए लेभल छात्र बास्केटबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेका छन् । काष्ठमण्डप ‘ए’ ले जेभियर इन्टरनेसनललाई १४–१२ ले पराजित ग¥यो । विजयी टिमका लागि श्रृजन डंगोलले ६ अंक जोडे । साइपालले नामीलाई १५–१० ले हरायो । साइपालको जितमा निश्चल गुरुङले ५ अंक योगदान गरे ।

Comment