रुपन्देही सेमिफाइनलमा

काकडभिट्टालाई टाइब्रेकरमा ३–१ ले हराउदै रुपन्देही ११ १९औ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । दुइ टोली विचको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएको थियो । ५९ औ मिनेटमा कप्तान गणेश लीम्बुको गोलमा काकडभिट्टाले अग्रता लीए पनि ७६ औ मिनेटमा रुपन्देहीका कालु थापाले बराबरी गोल गरेका थिए ।
टाइब्रेकरमा विजयी टोलीका निरज बस्नेत, सौरभ मगर र उत्तम गुरुङ्गले गोल गरे । काकडभिट्टाका पुजन उपकोर्टीले मात्र गोल गरे । सुबीन मैनाली डिलेन लिम्बु र एन्जल गुरुङ्गको प्रहार खेर गयो । रुपन्देहीका गोलरक्षक दिलिप क्षेत्री खेलका म्यान अफ द म्याच घोषित भए ।

Comment