ज्ञान निकेतन र नेरिक फाइनलमा


ज्ञान निकेतन र नेरिक प्रथम सौर्य कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शनिबार फाइनलमा प्रवेश गरेका छन् ।
सौर्य इन्टरनेसनल सेकेन्डरी स्कुलद्वारा आयोजित प्रतियोगितामा ज्ञान निकेतनले गोल्डेनपिकलाई ५३–५० ले पराजित ग¥यो । ज्ञान निकेतनका मनीष तामाङले २४ अंक जोडे । पवन खत्रीको २१ अंक सहयोगमा नेरिकले नेपाल सेन्ट्रललाई ४६–३० ले हरायो । फाइनल आइतबार हुनेछ ।

Comment