इन्ट्रा शारीरिक सुगठनको तयारी पूरा

फिटनेस फस्ट पर्फेक्ट क्लबको आयोजनामा हुने प्रथम मिस्टर फिटनेस फस्ट इन्ट्रा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा भएको छ ।
कलंकीको ढुंगेअड्डास्थित क्लबमै शनिबार हुने एक दिने प्रतियोगताको सम्पूर्ण तयारी पूरा भएको आयोजक क्लबका संस्थापक एवं नेपाली सेनाका प्रशिक्षक लक्ष्मण भट्टले जनाएका छन् ।
पहिलो हुनेले १० हजार नगदसहित फ्रिज र डिस होम पुरस्कार प्राप्त गर्नेछ । दोश्रोले ५ हजार नगद र डिस होम हात पार्नेछ । तेश्रोलाई ३ हजार र डिस होम प्रदान गरिनेछ । त्यस्तै चौथोले २ हजार, पाँचौंले १ हजार ५ सय र छैटौंले १ हजार नगद पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा २५ खेलाडीको सहभागिता रहने आयोजक क्लबका अर्का संस्थापक विनोद वज्राचार्यले जानकारी दिए ।
प्रतियोगिताको समापनका अवसरमा मिस्टर धर्मश्री विजेता महेश्वर महर्जन, मिस्टर हिमालय विजेता रामहरि खनाल तथा छैटौं विश्व शारीरिक सुगठनअन्तर्गत फिट्नेस फिजिक्समा रजत जितेका विमललाल श्रेष्ठलाई सम्मान गरिने आयोजकले जनाएको छ ।

Comment