हाइली क्रिएटिभलाई उपाधि


हाइली क्रिएटिभ स्कुलले सि ड्रिबल्स कप अन्तरविद्यालय छात्रा नकआउट फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । डि एकेडेमीको आयोजनामा चावहिलको गणेशथान चौरमा भएको फाइनलमा हाइली क्रिएटिभले छहारी शिक्षा सदनलाई ३–१ गोलले पराजित ग¥यो । विजयी टिमका लागि गरिमा राईले २ र अमिशा कार्कीले १ गोल गरे । छहारीकी स्विटी लामाले सान्त्वना गोल गरिन् ।हाइली क्रिएटिभकी अमिशा कार्की उत्कृष्ट खेलाडी घोषित भइन् । प्रतियोगिताभर ६ गोल गरेकी छहारीकी प्रीति राई सर्वाधिक गोलकर्ता बनिन् ।
विजेतालाई काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपाने, डि एकेडेमीका प्रिन्सिपल टासी शेर्पा र डि एकेडेमी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु पन्तले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । चारदिने नकआउट प्रतियोगितामा १६ टिम सहभागी थिए ।

Comment