पेनग्यु र वैदेहीलाई सिंगल्स उपाधि


नेपाल आईटीएफ जुनियर यु–१८ टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट– २ को सिंगल्स उपाधि चीनका पेनग्यु लु र भारतकी वैदेही चौधरीले शनिबार हात पारेका छन् ।सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष फाइनलमा पेनग्युले सर्किट– १ का विजेता भारतका मृत्युञ्जय बदोलालाई ६–३ र ७–५ को सोझो सेटमा पराजित गरे ।महिला उपाधि भिडन्तमा सर्किट– १ की च्याम्पियन वैदेहीले आफ्नै देशकी शिभानी स्वरुप इङलेलाई सीधा सेटमा ६–३ र ६–१ ले हराइन् ।अघिल्लो दिन शुक्रबार वैदेहीले शिभानीसंगै मिलेर महिला डबल्स उपाधि जितेकी थिइन् । पुरुष डबल्सको उपाधि भारतका आदित्य ऐयर र पीयुष सुरेन्द्र सलेकरको जोडीले जितेका थिए ।
विजेतालाई आयोजक अखिल नेपाल लनटेनिस संघका चार उपाध्यक्ष केशवराज पाण्डे, विनोद कायश्थ, दिनेश तुलाधर र राजु श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे ।सर्किट– २ मा विभिन्न ११ देशका ५८ पुरुष र ३८ महिला गरी ९६ खेलाडीले पुरुष÷महिला सिंगल्स र डबल्समा प्रतिस्पर्धा गरेको लनटेनिस संघका सदस्य समेत रहेका टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जनाएका छन् । भारतबाट सर्वाधिक ६२ खेलाडी सहभागी थिए भने नेपालबाट ९–९ पुरुष र महिला गरी १८ खेलाडीले सर्किट– २ मा भाग लिएका थिए । नेपाली १८ खेलाडी मध्ये सर्किट– २ मा माहिका राणा, प्रेरणा कोइराला र संरक्षकभूषण वज्राचार्यले पहिलो चरणको खेलमा जित हात पारे ।

Comment