ललितपुर क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड अाईतबारदेखि

ललितपुर जिल्ला खेलकुद विकास समितिको अायोजनामा फागुन ८ गते अाईतबारदेखि  १० गतेसम्म नवौं राष्ट्रपति रनिङ शिल्ड क्षेत्रीय छनौट प्रतियोगिता हुने भएकोछ। त्यस प्रतियोगितामा कबड्डी, भलिबल र एथलेटिक्स समावेस रहेका छन्। प्रतियोगितामा छनोट भएका खेलाडीहरु जिल्ल छनोटमा सहभागी हुनेछन् । ३ वटै निर्वाचन क्षेत्रीय छनोट खेल लगनखेल स्थित राजदल गणको मैदानमा हनेछ।
प्रतियोगितामा १ नं क्षेत्रबाट ७ वटा, २ नं क्षेत्रबाट ९ वटा र ३ नं क्षेत्रबाट १९ वटा विध्यालयका ४५० जना छात्र छात्राहरुले प्रतिस्पर्धा गर्नेछन् ।
त्यसैगरी सोही स्थानमा फागुन २५ देखि २७ सम्म ललितपुर जिल्ला स्तरिय छनौट हुनेछन्।

Comment