पेम्बा र असिम सेमिफाइनलमा

प्यारागनका पेम्बा शेर्पा र कोटदेवीका असिम श्रेष्ठ प्रथम अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिताको यु–९ ब्वाइज सिंगल्समा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सो स्पर्धामा हिमालयनका प्रमोद पाण्डे र नेसनल चिल्ड्रेनका दिसन शाक्य पनि सेमिफाइनलमा पुगे ।
प्रजातन्त्र दिवसको उपलक्ष्यमा ब्याडमिन्टन एकेडेमी नेपालद्वारा आयोजित प्रतियोगिताको यु–७ ब्वाइज सिंगल्समा बाल विकासका सम्यक शाक्य तथा मेघाका राजिन महर्जन, सहज शाक्य र सुजल शाक्य सेमिफाइनलमा पुगे । यु–९ गल्र्स सिंगल्समा कोटदेवीकी सिया साउद र मेलिसा महर्जन, नेहारिका पब्लिक स्कुलकी शिवानी स्याङतान र श्रीकुलकी निता राईले सेमिफाइनल यात्रा तय गरे ।
यु–७ गल्र्स सिंगल्समा अनलज्योतिकी किरण खनाल, श्रीकुलकी विनु तामाङ र प्रीति यादव तथा काठमाडौं सतप्रज्ञाकी एन्जिला गुरुङले अन्तिम चारमा स्थान बनाए ।

Comment