राजु र विकास क्वाटरफाइनलमा

आयोजक किङ कम क्लबका राजु सायमाझी र विकास राईको जोडी सातौं बबिन स्मृति पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । उक्त जोडीले रानीबु युवा समूहका बालकृष्ण ढुंगाना र बद्री कार्कीको जोडीलाई २१–१८ र २१–१६ को सोझो सेटमा पराजित गरे ।
त्यस्तै देवीनगर क्लबका अनिल थाम्सुहाङ र मरेका हेश थापाको जोडीले किङ कमका खगेन्द्र गुरुङ र नवीन श्रेष्ठको जोडीबाट वाकओभर पाउदै क्वाटरफाइनलमा पुग्न सफल भए ।

Comment