हाइली र छहारी फाइनलमा

हाइली क्रिएटिभ र छहारी सि ड्रिबल्स कप अन्तरविद्यालय छात्रा नकआउट फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । दीपिका एकेडेमीद्वारा आयोजित प्रतियोगितामा हाइलीले पाथिभरालाई ४–१ गोलले पराजित ग¥यो । विजेताका अमिशा, बन्दना, श्रृष्टि र गरिमाले गोल गरे । छहारीले नेपालयलाई २–० ले हरायो । छहारीबाट दुवै गोल रितु मगरले गरिन् । फाइनल शनिबार हुनेछ ।

Comment