काष्ठमण्डप र साइपाल सेमिफाइनलमा


आयोजक काष्ठमण्डप विद्यालयको ‘ए’ टिम र साइपाल एकेडेमी दोश्रो काष्ठमण्डप कप थ्री बाइ थ्री अन्तर ए लेभल छात्र बास्केटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ‘ए’ बाट काष्ठमण्डप विजेता र साइपाल उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् । समूह ‘बी’ बाट नामी विजेता र जेभियर इन्टरनेसनल कलेज उपविजेता बन्दै सेमिफाइनलमा पुगे । सेमिफाइनलमा नामीको भेट साइपालसंग हुनेछ भने जेभियर इन्टरनेसनलले काष्ठमण्डप विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको काष्ठमण्डपकी प्रिन्सिपल डा. शिबा थापाले एक कार्यक्रमबीच उद्घाटन गरिन् । चारदिने प्रतियोगितामा ८ टिम सहभागी छन् ।

Comment