सातौं पदक विजेता सम्मानित

पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा पदक जित्न सफल काठमाडौंका खेलाडीलाई काठमाडौं खेलकुद समाजले शुक्रबार सम्मान गरेको छ । ९३ खेलाडीलाई सम्मान गरिएको समाजका अध्यक्ष दामोदर भट्टराई (बद्री) ले जनाएका छन् । काठमाडौंकै ९ जना प्रशिक्षक पनि सम्मानित भए ।कपनको आकाशेधारास्थित ह्यान्डबल मैदानमा भएको कार्यक्रममा उनीहरुलाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, शान्ति मन्त्री सीतादेवी यादव लगायतले सम्मान पत्र र टिसर्ट प्रदान गरेका थिए ।
सोही अवसरमा कपन निवासी थ्री स्टार क्लबका गोलरक्षक विशाल श्रेष्ठ र भाटभटेनी किक बक्सिङका अध्यक्ष उमेश गुरुङलाई पनि सम्मान गरिएको थियो ।

Comment