इनोभेटिभ र युनिभर्सल विजयी

इनोभेटिभ र युनिभर्सलले प्रथम सौर्य कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ शुक्रबार जित हात पारेका छन् । दुवैले आयोजक सौर्य इन्टरनेसनल सेकेन्डरी स्कुललाई पराजित गरे ।राउन्ड रोविन लिगमा युभिर्सलले सौर्यलाई २०–२ ले सहजै हरायो । युनिभर्सलको जितमा संगीता फुयालले १२ अंक योगदान गरिन् । ममता गुरुङको १८ अंक सहयोगमा इनोभेटिभले सौर्यमाथि ३४–४ को सहज जित दर्ता ग¥यो । जितसंगै इनोभेटिभ राउन्ड रोविन लिगको दोश्रो स्थानमा छ भने युनिभर्सल तेश्रोमा छ । स्वप्न वाटिका पहिलो स्थानमा यथावत छ ।
ब्वाइजतर्फ नेपाल सेन्ट्रलले एन्जल लर्डलाई ४३–१६, ज्ञान निकेतनले रिलायन्स इन्टरनेसनल एकेडेमीलाई ३७–१३, गोल्डेनपिकले हिमशिलालाई २९–१० तथा नेरिकले जागृतिलाई ४२–१२ ले पाखा लगाउदै सेमिफाइनलमा प्रवेश गरे ।

Comment