दोस्रो अमन गुरुङ स्मृति सेभेन–ए–साइडकोसेमिफाइनल र फाइनल खेल शनिबार


पोखरा
संगम एफसी ए, पोखरा भ्याली स्पोर्टस् क्लब ए, संगम एफसी बी र एयरपोर्ट युथ क्लब पोखरामा जारी दोस्रो अमन गुरुङ स्मृति सेभेन–ए–साइड फुटबल प्रतियोगिता–२०७१ को सेमिफाइनलमा प्रवेश गरेका छन्।
पोखरा भ्याली स्पोर्टस् क्लब पोखरा–१०÷१५ रामबजारको आयोजना एवं इन्टेक ०६ ब्रिगेड अफ गोर्खाज, बेलायतको मुख्य प्रायोजनमा माछापोखरी खेलमैदान संगमटोलमा शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा संगम एफसी ए ले एलजी एशोसिएसनलाई १–० ले पराजित ग¥यो।संगम एफसी ए को लागि म्यान अफ दी म्याच टंक गुरुङले गरेका थिए।
दोस्रो खेलमा आयोजक पोखरा भ्याली स्पोर्टस् क्लब ए ले क्वीन गोर्खा सिग्नललाइृ ३–० ले पाखा लगायो। पोखरा भ्यालीको लागि म्यान अफ दी म्याच अर्पण गुरुङले ह्याट्रिक गरेका थिए।
तेस्रो खेलमा संगम एफसी बी ले लेकसाइड एफसीबाट वाकओभर पायो।चौथो खेलमा एयरपोर्ट युथ क्लबले नयाँगाउँ युथ क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित ग¥यो। एयरपोर्टका रामु परियार र नयाँगाउँका राजकाजी थापाले एक–एक गोल गरेपछि निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएको थियो।
युकेको तीन टीमसहित २९ टीमको सहभागिता रहेको प्रतियोगितामा विजेता टीमलाई नगद ८० हजार तथा उपविजेता टीमलाई नगद ४० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै बेस्ट प्लयेर, हाइस्कोरर र फेयर प्ले टीमलाई जनही पाँच हजार तथा ट्रफी प्रदान गरिने क्लबका उपाध्यक्ष एवं खेल संयोजक नरेन्द्र (राजु) गुरुङले जानकारी दिए।
छ लाख ५० हजार खर्च हुने तथा आठ लाख आम्दानी हुने अनुमान गरिएको प्रतियोगिताबाट बचत भएको रकमको ५० प्रतिशत अमन गुरुङ अक्षयकोषमा जम्मा गर्ने तथा ५० प्रतिशत रकम क्लब सञ्चालनमा खर्च गरिने छ।
यसैबीच शुक्रबार भएको आमा समूहबीचको मैत्रीपूर्ण फुटबल खेलमा टोल विकास संस्था समन्वय समिति वडा नं. १० विजयी भएको छ। उसले टोल विकास संस्था समन्वय समिति वडा नं. १५ लक्ष्मीमन्दिर आमा समूहलाई २–० ले पराजित ग¥यो। वडा नं. १० को तर्फबाट ललिता थापामगर र शुभश्री गुरुङले एक–एक गोल गरेको क्लबका सचिव सम्मरबहादुर श्रेष्ठले जानकारी दिए।
शनिबार आयोजक पोखरा भ्याली स्पोर्टस् क्लब ए र संगम एफसी ए बीच बिहान आठ बजे पहिलो तथा संगम एफसी बी र नयाँगाउँ युथ क्लबबीच बिहान नौ बजे दोस्रो सेमिफाइनल खेल हुनेछ। यस्तै फाइनल खेल दिउँसो दुई बजे हुने क्लबका सदस्य विकास गुरुङले जानकारी दिए।

Comment