रुकेश र प्रफुल्ल क्वाटरफाइनलमा

नेपाल आर्मी क्लबका रुकेश महर्जन र प्रफुल्ल महर्जनको जोडी सातौं बबिन स्मृति पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । उनीहरुले आयोजक किङ कम स्पोर्ट्स क्लबका पंकज लामिछाने र अनिरुद्र गुरुङको जोडीलाई २१–८ र २१–१८ को सोझो सेटमा पराजित गरे ।
अर्को खेलमा कम्प्लिट हेल्थ क्लबका केशव पौडेल र थम रानाको जोडीले विश्रान्ती क्लबका तुलसी महर्जन र प्रदीप लामाको जोडीलाई २१–१९ र २१–११ को सीधा सेटमा हराउदै क्वाटरफाइनलमा पुगे ।

Comment