लिबर्टी र कसमस उपाधिनजिक

लिबर्टी कलेज र कसमस तेश्रो विशाल विष्ट स्मृति लिबर्टी कप फुटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । लिबर्टी कलेज र विशाल विष्ट स्मृति प्रतिष्ठानद्वारा संयुक्त आयोजित प्रतियोगिताको सेमिफाइनलमा लिबर्टीले क्वेस्ट इन्टरनेसनल कलेजलाई पेनाल्टी सुटआउटमा २–१ गोलले पराजित ग¥यो ।
च्यासलस्थित एन्फा टेक्निकल सेन्टरमा भएको अर्को सेमिफाइनलमा कसमसले स्किम्स कलेजलाई २–० गोलले हरायो । फाइनल शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

Comment