स्वप्न वाटिका र इनोभेटिभको जित


स्वप्न वाटिका र इनोभेटिभले प्रथम सौर्य कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ बिहीबार जित हात पारेका छन् ।
पाँच टिम सहभागी गल्र्सको राउन्ड रोविन लिगमा स्वप्न वाटिकाले दोहोरो जित आत्मासात् ग¥यो । पहिलो खेलमा स्वप्न वाटिकाले आयोजक सौर्य इन्टरनेसनल सेकेन्डरी स्कुललाई २४–३ ले सहजै पराजित ग¥यो । विजेताकी विमला ऐडीले १६ अंक जोडिन् । अर्को सहज जित हात पार्ने क्रममा विमलाकै ८ अंक सहयोगमा स्वप्न वाटिकाले रिलायन्स इन्टरनेसनल एकेडेमीलाई २४–२ ले हरायो । स्वप्न वाटिकाको यो लगातार तेश्रो जित हो । इनोभेटिभले युनिभर्सललाई ३०–१५ ले हरायो । इनोभेटिभकी ममता गुरुङले १७ अंक जोडिन् ।
ब्वाइजमा नेरिक, एन्जल लर्ड र नेपाल सेन्ट्रल विजयी भए । दोहोरो जित निकालेको नेरिकले सौर्यलाई ४२–८ तथा रिलायन्सलाई २९–१३ ले पन्छायो । नेरिकको जितमा सौर्य विरुद्ध पवन खत्रीले १२ र रिलायन्स विरुद्ध अनमोल खत्रीले ८ अंक योगदान गरे ।
एन्जल लर्डले काठमाडौं नेसनललाई २९–८ ले पाखा लगायो । विजेताका मनोज श्रेष्ठले १० अंक बटुले । नेपाल सेन्ट्रलले सिल्भर स्राइनमाथि ४९–८ को आरामदायी जित दर्ता ग¥यो । विजेताका राहुल श्रेष्ठले ११ अंक जोडे ।

Comment