निर्वाचन क्षेत्रीय छनोट सुरु

काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा नवौं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता (काठमाडौं जिल्लाव्यापी) का लागि काठमाडौं निर्वाचन क्षेत्र ७ को खेलाडी छनोट प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।
पक्नाजोलस्थित नेपाल युवक माविमा भएको प्रतियोगिताको प्रधान सेनापति राजेन्द्र क्षेत्रीले एक कार्यक्रमबीच उद्घाटन गरे । छनोटमा २५ विद्यालयका खेलाडीको सहभागिता रहेको आयोजक समितिका कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् ।

Comment