राष्ट्रिय सोतोकान शुक्रबारदेखि

शिशु निकुञ्ज उमाविको आयोजनामा सातौं राष्ट्रिय विद्यालयस्तरीय सोतोकान कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । नेपाल सोतोकान कराते संघको वार्षिक कार्यक्रम अनुसार हुन लागेको प्रतियोगितामा कुमुते र काता गरी जम्मा २२ स्पर्धामा प्रतिस्पर्धा हुने सोतोकान कराते संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पाले जनाएका छन् ।
दुईदिने प्रतियोगितामा करिब ४ सय खेलाडीको सहभागिता रहने बताइएको छ । खेल सीतापाइलास्थित शिशु निकुञ्जको हातामा खेलाइनेछ ।

Comment