हाइली क्रिएटिभ सेमिफाइनलमा


हाइली क्रिएटिभ सि ड्रिबल्स कप अन्तरविद्यालय छात्रा नकआउट फुटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । हाइली क्रिएटिभले इडेन ब्रिज एकेडेमीलाई ३–० गोलले पराजित ग¥यो ।
दीपिका एकेडेमीद्वारा आयोजित प्रतियोगितामा पाथिभरा, नेपालय र छहारी पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा पुग्न सफल भए ।
पाथिभराले लुम्बिनीलाई १–०, नेपाललयले ब्राइट फ्युचरलाई टाइब्रेकरमा २–१ तथा छहारीले सेतो बंगलालाई ३–० गोलले हराए । सेमिफाइनलमा पाथिभराको भेट हाइली क्रिएटिभसंग हुनेछ भने नेपाललयले छहारी विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

Comment