कञ्चन एकेडेमी पहिलो


ताप्लेजुङ जिल्ला राष्ट्रपति रनिङशिल्ड निर्वाचन क्षेत्र नम्वर १ को छनोटमा कञ्चन एकेडेमी पहिलो भएको छ । बिहिवार सम्पन्न प्रतियोगितामा फुङलाङको कञ्चन एकेडेमीले कुल १५३ अंक जोडेको थियो । दोश्रो भएको हाङदेवाको जनता माबीले ११५ अंक जोड्न सफल भयो । प्रतियोगितामा एथ्लेटिक्सतर्फ ५ स्वर्ण जितेकी जनता माबीकी छात्रा सबिता कार्की उत्कृष्ट खेलाडि चुनिइन् । उनले एक सय मिटर दौड,हाईजम्प र त्रिपलजम्पको ब्यक्तिगत स्पर्धामा स्वर्ण जितिन् । त्यस्तै १०० गुण ४ र ४०० गुडा ४ को रिलेमा स्वर्ण जित्दा टोलीकी महत्वपूर्ण सदस्य थिईन् । भलिबलमा कञ्चनका छात्र राजन लिम्वु उत्कृष्ट हुदा कवड्ीमा कञ्चनकै छात्रमा स्टाफन मगर र छात्रामा सरिता राई उत्कृष्ट चुनिए ।

Comment