आर्मी र एपीएफ बिजयी

दोश्रो पाथिभारा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितामा बिभागिय टिम नेपाल आर्मी र एपीएफ क्लबले बिहिवार सफलता हात पारेका छन् । ताप्लेजुङ नगरपालिका स्थित आर्मीको कोर्टमा भएको खेलमा आर्मीले पूर्वाञ्चललाई ३–० को सोझो सेटमा पराजित गर्यो । आफ्नो अपराजित यात्रालाई काय राख्ने क्रममा आर्मीले पूर्वाञ्चलमाथी २५–१६,२५–२३ र २५–१८ को स्कोरमा हरायो । राउण्ड रबिनको पद्धतीबाट संचालन भएको प्रतियोगिताको दोश्रो खेलमा एपीएफले मध्यामञ्चललाई ३–० को सोझो सेटमा हरायो । एपीएफले सहज जित निकाल्ने क्रममा २५–१७,२५–१६ र २५–१५ को सेटमा नतिजा आफ्नो पक्षमा पार्यो । तेश्रो दिनको खेल समाप्ती सगै आर्मी र पुलिसले २ खेलबाट अपराजित रहदै समान ६÷६ अंक जोडेका छन् । दुई खेलबाट एपीएफले ३ अंक जोडेको छ । आयोजक पूर्वाञ्चलले ३ खेलबाट २ अंक जोड्दा आफ्नो ३ खेलमै पराजय ब्यहोरेको मध्यामञ्चलको १ अंक छ ।

Comment