लुम्बिनी खुकुरी क्रिकेट क्लब च्याम्पियन

भैरहवा । लुम्बिनी खुकुरी क्रिकेट क्लबले नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ । बुधबार सम्पन्न फाइनलमा शिबशक्ती क्रिकेट क्लब भैरहवालाई ५५ रनले हराउदै लुम्बिनी खुकुरीले उपाधी सहीत नगद ५० हजार रुपैया र ट्रफी हात पारेको छ । उप बिजेता श्री शिबशक्तीले भने २५ हजार रुपैया पुरस्कार प्राप्त गरयो ।

स्थानिय सिद्धार्थ रंगशाला भैरहवामा टस जितेर ब्याटिंग गर्दै लुम्बिनी खुकुरीले निर्धारीत ४० ओभरको खेलमा १ ओभर बाकी छदै सवै विकेट गुमाई १सय४८ रनको सामान्य योगफल तयार गरेको थियो । कप्तान अन्तिम थापाले ४५, ईकलाख अहमदले ३५, शंकर रानाले १४ र रोहित पौडेलले १३ रनको योगदान गरेका थिए ।  शिबशक्तीका लागी बिष्णु कटरीया र दुर्गेश कुर्मीले समान ३।३ विकेट लिएका थिए भने कृष्ण कार्कि र अख्तर हुसेनले एक एक विकेट लिएका थिए ।

प्रतिउत्तरमा १सय४९ रनको बिजयी लक्ष्य पछ्याएको शिबशक्तीले २७ ओभर ३ बलमा ९३ रनमात्र बनायो। । शिबशक्तीका दुर्गेश कुर्मिले २३, दिपचन्द शर्माले २२ र कृष्ण कार्किले १५ रन बनाए । बलिंगमा लुम्बिनी खुकुरीका दुर्गेश गुप्ताले ४, शाहद आलमले ३, लाल बहादुर अधिकारीले २ र भिम सुनारले एक विकेट लिएका थिए ।  म्यान अफ द फाईनल लुम्बिनी खुकुरीका दुर्गेश गुप्ता घोषित भए । त्यस्तै गरी प्रतियोगिताको उत्कृष्ट खेलाडी वेस्टर्न क्रिक्रेट क्लब बुटवलका बिक्रम भुषाल घोषित भए ।उनले  नगद ११ हजार प्राप्त गरे । त्यस्तै उत्कृष्ट बलर र ब्याट्सम्यामनमा लुम्बिनी खुकुरीका साहद आलम र अन्तिम थापा घोषित हुदै जनही ५।५ हजार नगद पुरस्कार प्राप्त गरे । बिजेता तथा उप बिजेता टिमका खेलाडीलाई ट्रफी, नगद, प्रमाणपत्र मुख्य प्रायोजक नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रिय निर्देशनालयका निमित्त प्रमुख ललित कुमार दाहाल, रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्ल लगायतले प्रदान गरेका थिए ।

रुपन्देही क्रिकेट संघको आयोजना, नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा सम्पन्न प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

Comment