नीर र जीवन क्वाटरफाइनलमा

कम्प्लिट हेल्थ क्लबका नीरविक्रम देवकोटा र जीवन आचार्यको जोडी सातौं बबिन स्मृति पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।उक्त जोडीले तीनचुली क्लबका राजु देउजा र दत्त थापाको जोडीलाई २१–१३ र २१–१६ को सोझो सेटमा पराजित गरे । अर्को खेलमा देवीनगर क्लबका खेम सुब्बा र तुलसी पुरीको जोडीले तीनचुलीका नारायण गौतम र अभिषेक गुरुङको जोडीलाई सीधा सेटमा २१–१० र २१–१८ ले हराउदै क्वाटरफाइनलमा स्थान पक्का गरे ।

Comment