ईशान कपमा ६० टिम

संस्थागत विद्यालय संघ नेपाल (ईशान) को आयोजनामा हुने छैटौं ईशान कप काठमाडौं जिल्लाव्यापी अन्तरविद्यालय फुटबल प्रतियोगितामा ६० टिमले सहभागिता जनाउने भएका छन् ।१४ फागुनदेखि सुरु हुने प्रतियोगितामा ब्वाइजतर्फ ४० र गल्र्समा २० टिमले भाग लिन लागेको ईशानका अध्यक्ष बालमुकुन्द कार्कीले जनाएका छन् । नकआउट पद्धतिमा हुने आठदिने प्रतियोगिताका खेलहरु सानोगौचरणमा हुनेछ । ब्वाइजमा रिडर्स इन्टरनेसनल मोडेल स्कुल (रिम्स) र गल्र्समा श्रमज्योति पब्लिक स्कुल साविक विजेता हुन् ।

Comment