निर्वाचन क्षेत्रीय छनोट बिहिबारदेखि

काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने नवौं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता (काठमाडौं जिल्लाव्यापी) का लागि काठमाडौंका निर्वाचन क्षेत्रको खेलाडी छनोट प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ ।
विभिन्न १० निर्वाचन क्षेत्रको छनोट फागुन १६ गतेसम्म सम्म सञ्चालन हुनेछ । एथलेटिक्स, भलिबल र कबड्डीमा प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले जनाएका छन् । जिल्लाव्यापी प्रतियोगितामा भने यि तीन खेलसहित कराते, तेक्वान्दो र उसुमा पनि प्रतिस्पर्धा हुने आयोजक समितिका कार्यालय प्रमुख लीलाराम बस्नेतले जानकारी गराए । जिल्लाव्यापी प्रतियोगिता फागुन २० देखि २२ गतेसम्म सञ्चालन हुनेछ ।

Comment