काष्ठमण्डपमा बास्केटबल शुक्रबारदेखि


काष्ठमण्डप विद्यालयको आयोजनामा दोश्रो काष्ठमण्डप थ्री बाइ थ्री अन्तर ए लेभल बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा ८ छात्र टिमको सहभागिता रहने ए लेभल को–ओर्डिनेटर यादव थपलियाले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । आयोजकको दुईसहित एस, साइपाल, बुढानीलकण्ठ, नामी, जेभियर इन्टरनेसनल कलेज र रातो बंगलालाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने काष्ठमण्डपका ईसीए इन्चार्ज सुन्दर बुढाथोकीले बताए ।
चारदिने प्रतियोगिताका खेलहरु मण्डिखाटारस्थित आयोजककै कोर्टमा हुनेछ । सोही अवसरमा काष्ठमण्डपको नयाँ ए लेभल भवनको उद्घाटन, अन्तर ए लेभल आर्ट कम्पिटिससन र अन्तर विद्यालय आर्ट कम्पिटिसन पनि हुने जानकारी गराइएको थियो ।

Comment