क्वेस्टमा अन्तरकलेज बास्केटबल शुक्रबारदेखि


क्वेस्ट इन्टरनेसनल कलेजको आयोजनामा दोश्रो नारायणप्रसाद श्रेष्ठ स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । ब्वाइजमा १५ तथा गल्र्समा ४ टिमले प्रतिस्पर्धा गर्ने क्वेस्टका प्रिन्सिपल काशीनाथ खनालले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ब्वाइज टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । गल्र्सको खेल राउन्ड रोविन लिगका आधारमा हुनेछ र शीर्ष दुई स्थानमा रहने टिमले पुनः उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता सञ्चालन गर्न अनुमानित ३ लाख ५० हजार खर्च हुने क्वेस्टका निर्देशक कोलिनकिरण श्रेष्ठले बताए । फागुन १२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु ग्वार्कोस्थित आयोजककै कोर्टमा हुनेछ ।
स्व. नारायण क्वेस्टका प्रमोटर एवं बीबीएका निर्देशक थिए । उनको ४ वर्षअघि हृदयघाटका कारण मृत्यु भएको थियो ।

Comment