सौर्य र स्वप्न वाटिकाको विजयी सुरुआत


आयोजक सौर्य इन्टरनेसनल सेकेन्डरी स्कुल र स्वप्न वाटिकाले प्रथम सौर्य कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ बुधबार विजयी सुरुआत गरेका छन् । सिनामंगलस्थित घरेलु कोर्टमा सौर्यले रिलायन्स इन्टरनेसनल एकेडेमीलाई ८–२ ले पराजित ग¥यो । सौर्यको जितमा दीपिका धितालले ८ अंक योगदान गरिन् । स्वप्न वाटिकाले इनोभेटिभलाई १८–१४ ले हरायो । स्वप्न वाटिकाकी विमला वाइबाले ६ अंक जोडिन् ।
ब्वाइजमा एन्जल लर्ड, गोल्डेनपिक, ज्ञान निकेतन र रिलायन्सले जितका साथ यात्रा प्रारम्भ गरे ।
एन्जल लर्डले हिमशिलालाई २६–८ ले पन्छायो । एन्जल लर्डका मौसम श्रेष्ठले ८ अंक बटुले । दोहोरो जित हात पारेको गोल्डेनपिकले नेपाल सेन्ट्रललाई ४०–३२ तथा सिल्भर स्राइनलाई ३६–४ ले हरायो । गोल्डेनपिकका लागि नेपाल सेन्ट्रल विरुद्ध सन्जोग बस्नेतले १४ र सिल्भर स्राइन विरुद्ध विक्रमले २० स्कोर गरे ।
मनीषको २५ अंक सहयोगमा ज्ञान निकेतनले जाग्रितीमाथि ५६–२६ को सहज जित रच्यो । सौर्य विरुद्धको खेलमा रिलायन्स १७–४ ले विजयी भयो । रिलायन्सका सुमनले ११ अंक जोडे ।
प्रतियोगिताको सौर्यका प्रिन्सिपल भीमहाङ लिम्बूले निर्णायकद्वय होम बराइली र रमेश लामालाई बल हस्तान्तरण गरी उद्घाटन गरे । ‘अन्ली स्पोर्ट्स’ को मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको ब्वाइजमा १२ तथा गल्र्समा ४ टिम सहभागी छन् ।

Comment